काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकको गाँठो तत्कालका लागि फुकेको छ।
ललितपुरस्थित एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले असार ६ गते सम्पन्न निर्वाचनपछि नियुक्त गरिएका अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक नवीन पाण्डेलाई पदपुक्त गराउने निर्णयसँगै एन्फाको गाँठो तत्कालका लागि फुकेको हो।
पाण्डेलाई अध्यक्षको प्रमुख सल्लाहकारमा राखिने एन्फाले जनाएको छ। पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो कार्यसमिति बैठकले महासचिवमा किरण राई, कोषध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक पाण्डेलाई नियुक्त गरेको थियो।
महासचिव राई र कोषाध्यक्ष जोशीको नियुक्तिमा कुनै विवाद नउठे पनि पाण्डेको नियुक्ति भने विवादित बनेको थियो। सोही विवादपछि कार्यसमितिको बैठक दुई पटक स्थगित भएको थियो। बिहीबारको बैठकले सुरेश शाहलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफाले एन्फामाथिको आर्थिक बन्देज हटायो
एन्फाको सहायक महासचिव जोशीले दिए पदबाट राजीनामा
एन्फाको वार्षिक बजेट डेढ अर्ब
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने