लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ : नैनसिंह महर

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, २० : २१
लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ : नैनसिंह महर

काठमाडौं । नेपाली काँग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ‘सामाजिक परिवर्तन र मानवअधिकारका लागि युवा’ विषय अन्तर्गत एमनेस्टि इन्टरनेसनल नेपालले काठमाडौंमा आयोजना गरेको प्रोटेक्ट द प्रोटेस्ट (विरोधको संरक्षण गरौं) कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

मानव अधिकारका लागि व्यक्तिको मर्यादा (ह्युमेन डिग्नीटी) महत्वपूर्ण हुने र डिग्नीटी व्यक्तिको सार्वभौमिकतासँग जोडिएको हुने भएकाले व्यक्ति सार्वभौम हुन अथवा व्यक्तिको डिग्नीटी बचाउन भोक र भएबाट मुक्त हुन आवश्यक रहेको महरको भनाइ थियो ।

सामाजिक परिवर्तन, न्याय, मानवअधिकार र विधिको शासन स्थापनका लागि युवा पुस्ताको सहभागिता तथा भूमिका महत्वपूर्ण हुने महरले बताए । ‘युवा निर्भय हुन्छ । आँटिलो हुन्छ । मन, मस्तिष्कमा अरुले गरेको अन्यायप्रति उदासीन रहन मन लाग्दैन । त्यो युवाले मानव अधिकारका बारेमा बोल्नुपर्दा दुईरतीन कुरा ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ । ह्युमन डिग्नीटीसँग मानिसको सार्वभौमिकता जोडिएको हुन्छ । सार्वभौमिकता जोगाउन दुई वटा कुरा आवश्यक छ । भोक र भएबाट मुक्त हुन युवा मुक्त हुन आवश्यक छ,’  उनले भने।

युवा दायित्व नभएर सम्पत्तिका रुपमा हुनुपर्ने र युवा इन्जिनका रुपमा रहनुपर्ने महरले बताए । सबै जसो अधिकारको प्राप्तिका लागि र प्रोटेक्स द प्रोटेक्टका लागि अधिकार अनिवार्य हुने उनले बताए । महरले आफ्नो कर्तव्य पालना नै मानव अधिकारको पहिलो खुड्किलो भएको समेत बताए । महरले इनोभेटिभ रुपमा समाजमा योगदान पुर्‍याउन सक्ने युवा अहिलेको आवश्यकता रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस