भिम रावलको टिप्पणी : ‘नागरिकता विधेयकलाई लिएर प्रचण्डले राष्ट्रपतिलाई धम्क्याए’

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ११ : ४६
भिम रावलको टिप्पणी : ‘नागरिकता विधेयकलाई लिएर प्रचण्डले राष्ट्रपतिलाई धम्क्याए’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले माओवादी केन्द्रका अध्यक्ष जापानमा रहँदा नागरिकता विधेयकलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई धम्क्याएको आरोप लगाएका छन्। 

प्रचण्डको यस्तो अभिव्यक्तिलाई एमाले नेता रावलले धम्की भएको आरोप लगाएका हुन्।   

‘जापानबाट प्रचण्डले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न भनी राष्ट्रपतिलाई धम्क्याउनु, नेपाल नआएका जापानी पूर्व प्रम आबेसँग नेपालमा पटकपटक कुरा गरेको  भन्नु अमर्यादित र आपत्तिजनक छ’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक पूर्व मन्त्रीसँग भेटवार्ता गरेर  दुई देशको सम्बन्ध उचाईमा पुग्ने भन्नु फगत गफ हो।’

जापान भ्रमणमा रहँदा प्रचण्डले राष्ट्रपति भण्डारीले संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण गर्नेमा आफू ढुक्क रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस