एन्फा कार्यसमिति बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ०७ : ५१
एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्दैछ । यसअघि दुई पटक स्थगित हुन पुगेर बिहीबार तय भएको बैठकलाई फुटबल क्षेत्रमा महत्वका साथ हेरिएको छ । 

बिहान १० बजेपछि बस्ने बैठकमा नियुक्तिलगायतका विषयमा छलफल हुने बुझिएको छ । अध्यक्ष पंकज नेम्वाङले आफू अनूकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेपछि बैठक स्थगित गर्दै आएका छन् ।

यहीबीचमा चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण नेम्वाङले बैठक नै स्थगित गर्दै आएको बताइन्छ ।

विवादकै कारण अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेमाथि बर्खास्तीको दवाव बढेको छ ।  एन्फाले प्रवक्ता सहित तीन सहमहासचिव र मानार्थ अध्यक्षको नियुक्त गर्न बाँकी छ । जसका थापाका छोरा गौरबको पनि दाबेदारी छ ।  यसबाहेक महिला साफ आयोजना गर्नेलगायतका एजेण्डा पनि बैठकमा छन् ।

प्रतिक्रिया दिनुहोस