नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा जारी

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १३ : ३९
नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा  जारी

काठमाडाैं  ।  नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा सभापति र दुई उपसभापति उपस्थित नभएपछि गगन थापाको अध्यक्षतामा बैठक चलिरहेको हो।बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन्।१४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठको अध्यक्षता गरेका हुन्।

सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका उनको सचिवालयले जनाएको छत्यस्तै, उपसभापति खड्कालाई कोरोना संक्रमण भएका छ भने अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा छन्।

स्थानीय तहमा पार्टीबाट निर्वाचित जप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक हो।कांग्रेसमा सभापति, २ जना उपसभापति, २ महामन्त्री, ८ जना सहमहामन्त्री र प्रवक्ता गरी १४ जना पदाधिकारी छन्। सभापतिले नियुक्ति गर्ने कोषाध्यक्ष पद भने रिक्त छ।

प्रतिक्रिया दिनुहोस