सरकारमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने : राजेन्द्र महतो

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १६ : ०३
सरकारमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने  :  राजेन्द्र महतो

काठमाडौं  ।लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन्। सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए।उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए। उनले जसपा सँगसँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए।

उनले भने, ‘हामी चुनावको तयारीमा लागिसकेका छौँ। गठबन्धनको सवाल पनि उठिरहेको छ। तर, अहिले ५ दलीय जुन गठबन्धन हो, त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ। कुरा पनि भइरहेको छ। चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ। छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ। जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन। सरकारको कुरा पनि भइरहेको छ।’

 

प्रतिक्रिया दिनुहोस