विचार नमिल्ने दलसँग एमालेले गठबन्धन गर्दैन : सुवास नेम्बाङ

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १४ : ३१
विचार नमिल्ने दलसँग एमालेले गठबन्धन गर्दैन : सुवास नेम्बाङ

काठमाडौं  । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विचार नमिल्ने दलसँग तालमेल नहुने बताएका छन् ।पाँचथरको फिदिममा मंगलबार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी ४ मंसिरमा प्रदेश र संघीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने बताएका हुन् ।

एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाइ थियो ।उपनेता नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाए । वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताए ।

प्रतिक्रिया दिनुहोस