नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसद जैरुको माग

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १२ : ५९
नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसद जैरुको माग

काठमाडौं  ।  नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जैरुले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताएकी हुन् ।

अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेकी उनले बैठकमा भनिन्, ‘नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस