नेएसका चार जना सांसदले संसदीय समितिको पाए जिम्मा

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १२ : ३०
नेएसका चार जना सांसदले संसदीय समितिको पाए  जिम्मा

काठमाडौं  ।  नेकपा एकीकृत समाजवादीका चार जना सांसदले संसदीय समितिको जिम्मा पाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा सदस्यहरू हेरफेरको सूचना सुनाएका हुन् ।

मन्त्रीबाट हटेपछि संसदीय समितिमा नरहेका नेकपा एसका तीन सांसदले समितिमा जिम्मा पाएका छन् । जसअनुसार रामकुमारी झाक्रीले अर्थ समिति रोजेकी छन् भने विरोध खतिवडा सार्वजनिक लेखा समितिमा गएका छन् । यस्तै कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था समितिमा गएका छन् । धनबहादुर बुढा सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा गएका छन् । 
 

प्रतिक्रिया दिनुहोस