हिमाली र पहाडी जिल्लाका बिरामीलाई उद्धार गर्न माग

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १२ : २८
हिमाली र पहाडी जिल्लाका बिरामीलाई उद्धार गर्न माग

नेकपा एमालेका सांसद खेम प्रसाद लोहनीले बाढी पहिरोले सडक अवरुद्ध भएर अलपत्र परेका बिरामीलाई हेलिकप्टरको माध्यमबाट उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद लोहनीले उक्त माग गरेका छन्। त्यस्तै सेनाको नाइट भिजन हेलिक्पटरमार्फत् हिमाली र पहाडी जिल्लाका बिरामीलाई उद्धार गर्न माग गरेका छन्।

बाढी पहिरोका कारण सडक यातायत बन्द भएर अलपत्र भएका बिरामीलाई सरकारले एयर एम्बुलेन्समार्फत् तत्काल अस्पताल पुर्‍याउने व्यवस्था गरोस् भनेर सरकारको ध्यानाकर्षण गराउँछु,’ लोहनीले भनेका छन्,‘नेपाली सेनाको नाइट भिजन हेलिकप्टरलाई चालू बनाएर वर्षादमा हिमाली–पहाडी जिल्लाका बिरामीलाई अस्पताल पुर्‍याउने व्यवस्था गरियोस्।’

प्रतिक्रिया दिनुहोस