निजामती कर्मचारी ऐन किन आएन ?–सांसद त्रिपाठी

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १२ : २४
निजामती कर्मचारी ऐन किन आएन ?–सांसद त्रिपाठी

काठमाडौं  । प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले निजामती कर्मचारी ऐन किन नआएको भन्दै सरकारलाई प्रशन गरेका छन्।म‌ंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद त्रिपाठीले निजामती कर्माचारी ऐन के कारणले आउन नसकेको भन्दै सरकारसँग जवाफ मागेका हुन्। 

उनले कर्मचारीहरुको तलवमान वृद्धिमा असमानता देखिएको गुनासो गरेका छन्। सांसद त्रिपाठीले राजपत्र अनकिंत कर्मचारीलाई १५ प्रतिशत र राजपत्र अंकित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत वृद्धि भएका कारण नायव सुब्बाहरु पेन डाउन गरि आन्दोलन गरिरहेको सरकारलाई ध्यानाकर्षण गराएका छन्। 

उनले भने, ‘जहाँ गहिरो उहिँ पानी हुन भएन। जसलाई कम चाहिएको थियो, उसलाई बढि दिने, जसलाई बढी चाहिएको थियो उसलाई कम दिने किन गरिएको?’उनले नेपालको संविधान जारी भएपछि सबैभन्दा पहिले निजामती कर्मचारी ऐन आउनुपर्ने भए पनि सरकारले अढाई वर्षपछि फिर्ता लिएको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस