वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाको नारा तय

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, २० : ४७
वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाको नारा तय

काठमाडौं । योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ले दोस्रो राष्ट्रिय भेलाको नारा तय गरेको छ । सोमबार संगठनको केन्द्रीय कार्यालयमा संयोजक सुमन देवकोटाको अध्यक्षतामा बसेको दोस्रो राष्ट्रिय भेला परिचालन समिति केन्द्रीय कार्यालयको बैठकले भेलाको  नारा तय गरेको हो ।

भदौ ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने दोस्रो राष्ट्रिय भेला सम्पन्न गर्न ‘आत्मनिर्भरताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ'  सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौँ ’ भन्ने मूल नारा अन्तर्गत युवा परिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

दोस्रो राष्ट्रिय भेलाले संगठनको आगामी कार्ययोजना तय गर्ने, केन्द्रीय समिति र पदाधिकारी निर्माण गर्ने वाइसिएल प्रचार विभाग संयोजक गणेश शाहीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस