आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १९ : ५२
आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा फेरि युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सोमबारदेखि लागु हुने गरी उनी दोश्रो कार्यकालको लागि नियुक्त भएका हुन् ।

उनी २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस