सानेपामा नेपाल विद्यार्थी संघको प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १५ : ०२
सानेपामा नेपाल विद्यार्थी संघको प्रदर्शन

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ । विद्यार्थी संघले वैधानिक पूर्णता नपाएको भन्दै शेखर कोइराला पक्षधर विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन् ।
 
साउन मसान्त भित्र रिक्त रहेका भातृसंस्था गठन गर्ने र पूर्णता दिनुपर्ने भातृ तथा शुभेच्छुक संस्थाहरुले पूर्णता नपाएपछि दबावमुलक प्रदर्शनमा उत्रनुपरेको विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए । अर्का विद्यार्थी नेता दिनेश शाहीले भातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णता दिँदा शेखर कोइराला पक्षसँग सल्लाह गरेर मात्र प्रकृया अघि बढाउनेगरी दबाबस्वरुप प्रदर्शन गरिएको जानकारी दिए ।
 
“पार्टी केन्द्रीय समितिको निर्णय नै कार्यान्वयन नहुने आशंका उब्जिएको छ । यस्तो अवस्था आउनु समग्र पार्टिकै लागि दुर्भाग्य हो,” भट्टले भने, “तत्काल नेपाल विधार्थी संघलाई विधानसम्वत् पूर्णता दिनुपर्छ । त्यसैका लागि हामीले दबाब दिएका हौँ ।”

साउन महिना सकिन हप्ता दिनमात्र बाँकी रहेको अवस्थामा पार्टीभित्र गठन र पूर्णताको विषमया छलफल नभएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । शेखर कोइराला पक्षसँग छलफल गरी न्यायपूर्ण प्रतिनिधित्व हुनेगरी भातृ संगठनहरुको गठन र पूर्णता नभएसम्म प्रदर्शन जारी राख्ने भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस