महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक, ७० महिनामै रकम डबल हुने

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १४ : ३५
महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक, ७० महिनामै रकम डबल हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ ।

मात्र रु.१०,००० मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोल्नु भएका आदरणीय ग्राहकमहानुभावहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने छन् ।

विगत देखिनै ग्राहकमहानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिनप्रतिवद्घ रहि आएको यस बैंकले ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महा लक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।