हेटौंडामा पाँचवटा सवारीसाधन आपसमा ठोक्किए

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, ११ : ३३
हेटौंडामा पाँचवटा सवारीसाधन आपसमा ठोक्किए

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बससहित ५ सवारी आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका छन् । केही बेरअघि हेटौंडा–१५ को रातोमाटे नजिक ठूलो ट्रक, दुई ट्यांकर, स्कुल बस र कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । 

‘पाँचवटा सवारी ठोक्किएका छन्, १५ जना सामान्य घाइते भएका छन्,’ उनले भने । मानवीय क्षती भने नभएको प्रहरी प्रवक्ता कार्कीले बताए । घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस