काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ।
पाँच महिनाअघि गत फागुनमा सत्तारूढ दलका सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको थियो। प्रतिनिधि सभाको आजको बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा जनाइएको छ।
‘मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने’, आजको सम्भावित कार्यसूचीमा भनिएको छ।
महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधि सभा बैठकले ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो। समितिमा कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा छन्।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का रहँदा जसपाबाट प्रमोद साह, लोसपाबाट एकवाल मियाँ रहका छन् भने प्रमुख प्रतिक्षी दल नेकपा एमालेबाट समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्वाहाम्फे र कृष्णभक्त पोखरेल छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित