एजेन्सी । मस्को र रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो ।
रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो ।
निष्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए । बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले जबाफमा रुसको पछिल्लो कदम आएको हो । युक्रेन युद्धपछि रुस( बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार आएको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ साउन २०७९, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह