एजेन्सी । मस्को र रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो ।
रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो ।
निष्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए । बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले जबाफमा रुसको पछिल्लो कदम आएको हो । युक्रेन युद्धपछि रुस( बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार आएको विज्ञहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ साउन २०७९, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प