६८ चिनियाँ लडाकु विमान र १३ युद्धपोतले मध्य रेखा पार गरे : ताइवान

एजेन्सी

शनिबार, २१ साउन २०७९, ०८ : २२
६८ चिनियाँ लडाकु विमान र १३ युद्धपोतले मध्य रेखा पार गरे : ताइवान

एजेन्सी । ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ । 

‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस्ट सेनाको निन्दा गर्दछौं’, ताइवानको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान र चीनको सम्बन्धमा थप तिक्तता आएको छ । 

प्रतिक्रिया दिनुहोस