सुडानमा खाद्यान्नको चरम सङ्कट पर्नसक्छ: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी

विहीबार, १९ साउन २०७९, १३ : ०९
सुडानमा खाद्यान्नको चरम सङ्कट पर्नसक्छ: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ। राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म त्यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ।

त्यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो। सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा त्यहाँका छिमेकी देशहरू दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरू आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरू नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो।

प्रतिक्रिया दिनुहोस