नयाँ व्यवस्थापनसहित चितवनमा ओली एण्ड एसोसिएटको सेवा

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १२ : ३७
नयाँ व्यवस्थापनसहित चितवनमा ओली एण्ड एसोसिएटको सेवा

चितवन । शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसिएट चितवनले नयाँ व्यवस्थापन र नयाँ स्थानबाट सेवा सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा नयाँ कार्यालय स्थापना गरेर ओली एण्ड एसोसिएटले आज (बिहीबार) देखि नयाँ व्यवस्थापनसहित सेवा सुरु गरेको हो ।

नयाँ कार्यालयको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष बिकास थापाले उद्घाटन गरे । थापाले नयाँ व्यवस्थापन र स्थानबाट सेवा सुरु गरेको ओली एण्ड एसोसिएटको सफलताको कामना गरे ।


विद्यार्थीहरुलाई अध्ययनका लागै अष्ट्रेलियालगायतका देशमा पठाउनुका साथै अध्ययन पश्चात नेपालमै फर्किने वातावरण सृजना गर्न पनि उनले आग्रह गरे । विदेशमा सिप र ज्ञान आर्जन गरेर युवाहरु नेपालमै फर्किनु पर्ने उनको भनाइ थियो ।

ओली एण्ड एसोसिएटका भिसा विभागका व्यवस्थापक विजयबाबु पन्तले उच्च शिक्षाका लागि विद्यार्थीलाई विदेश पठाउने मात्र नभई नेपाल फर्किने वातावरण पनि सृजना गर्ने बताए । चितवन शाखाको नेतृत्व गरेका युवाहरुले लामो समयको अष्ट्रेलिया बसाईका क्रममा सिकेका सिप, ज्ञान र अनुभवले विद्यार्थीहरुलाई सही र विश्वसनिय परामर्श दिन मद्त मिल्ने उनले विश्वास व्यक्त गरे ।

ओली एण्ड एसोसिएट चितवनका प्रवन्ध निर्देशक कमल रिजालले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिनका लागि नयाँ स्थान र नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको बताए । उनले आफुहरु विद्यार्थी भिसामा नै अष्ट्रेलिया गई लामो समय सिप, ज्ञान र अनुभव बटुलेर नेपाल फर्किएको बताए । विदेशमा नेपाली विद्यार्थीको अनुभव प्राप्त गरेकोले अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई कुनै समस्या नहुने गरी परामर्श दिईने उनको भनाइ थियो ।

अष्ट्रेलियासँगै क्यानडा, युके र न्युजिल्याण्डमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिनुका साथै दक्ष तथा अनुभवी शिक्षकबाट कक्षा सञ्चालन गरिने सञ्चालक मिलन पाठकले बताए । यस्तै हालै मात्र अमेरिका जान चाहने विद्यार्थीहरुलाई पनि परामर्श सेवा दिन सुरु गरिएको उनले बताए ।

सन् २००२ मा स्थापित ओली एण्ड एसोसिएट नेपाल र अष्ट्रेलियामा कार्यालय स्थापना गरेर परामर्श दिने नेपालको पहिलो संस्था हो । नेपालको काठमाडौंमा मुख्य कार्यालय रहेको यसको देशभर १० शाखा कार्यालयहरु छन् । यस्तै अष्ट्रेलियाको सिड्नीमा पनि मुख्य कार्यालय तथा अन्य सहरहरुमा शाखा कार्यालय रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस