क्यानडामा मङ्कीपक्सबाट ८ सय ९० सङ्क्रमित

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, ११ : ५०
क्यानडामा मङ्कीपक्सबाट ८ सय ९० सङ्क्रमित

काठमाडौँ  । क्यानडामा  पनि मङ्कीपक्सका सङ्क्रमितहरू भेटिन थालेका छन्। एक समाचारमा बुधबारसम्ममा त्यहाँ कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ।

त्यहाँका स्वास्थ्य संस्थाहरूले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ। यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो।क्यानडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुुसन्धान पनि गरिरहेको जनाएको छ।

त्यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ।पछिल्ला केही महिनामा यो मङ्कीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ। मङ्कीपक्सलाई विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रूपमा पनि घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस