मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, ११ : ३८
मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

काठमाडौँ  ।  कैलालीको धनगढी उपमहानगरपालिका–८ बुधचोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइते मध्ये मोटरसाइकलमा पछाडि सवार धनगढी–८ बस्ने जोशीरपुरकी २४ वर्षीय पारु चौधरीको अवस्था गम्भीर रहेको छ ।घाइते सबैको उपचार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा  भइरहेको प्रहरीले जनाएको छ ।

तीन जना सवार रहेको सुदूरपश्चिम प्रदेश ०१ ००९ प ७६४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ३ बजे चोकमा रहेको शालिकमा ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस