काठमाडौँ । दाङको लमही नगरपालिका-६ देउपुरमा आज बिहान ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन्। ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।उनी आज बिहान करिब ६ बजे लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरबाट खसेका हुन्।
ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ११ : १६
लेखकबाट थप