काठमाडौँ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज फेरि नेपालगञ्ज नै फर्किएको छ । उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि जहाज फेरि नेपालगञ्ज नै फर्किएको हो ।७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगञ्ज फर्किएको श्री एयरलाइन्सको नेपालगञ्ज कार्यालयले जनाएको छ ।
जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । अहिले प्राविधिकले जहाजमा समस्याको बारेमा अध्ययन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, ११ : ०४
लेखकबाट थप