काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार भ्रष्टाचारविरुद्ध देशभर विरोध प्रर्दशन गरेको छ।
काठमाडौँ उपत्यका र देशैभर भ्रष्टाचारको विरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको हो।पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको छ।२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ। राप्रपाले गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
आफ्ना माग पूरा गराउन राप्रपा यतिबेला दोस्रो चरणको संघर्षमा होमिएको छ। यसअघि राप्रपाले असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्ष गरेको थियो।साउन ११ देखि ३१ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारीमा छ।
महँगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सुत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग