काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार भ्रष्टाचारविरुद्ध देशभर विरोध प्रर्दशन गरेको छ।
काठमाडौँ उपत्यका र देशैभर भ्रष्टाचारको विरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको हो।पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको छ।२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ। राप्रपाले गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
आफ्ना माग पूरा गराउन राप्रपा यतिबेला दोस्रो चरणको संघर्षमा होमिएको छ। यसअघि राप्रपाले असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्ष गरेको थियो।साउन ११ देखि ३१ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारीमा छ।
महँगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सुत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
राजेन्द्र लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप
नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन्: राप्रपा