काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै फर्किनुपर्नेमा जोड दिएका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा विशेष सेवा विधेयकमाथिको छलफलमा उनले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृहमन्त्रालय अन्तर्ग हुनुपर्ने बताएका हुन्।
विधेयकमाथिको शंशोधनकर्ता समेत रहेका थापाले विधेयकको दफा चारमा केन्द्रित हुँदै राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै रहनुपर्छ भन्ने नेपाली कांग्रेसको पूर्ववत निर्णयबाट पछि नहट्ने उल्लेख गरे।
कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकबाट पनि यही निर्णय भएको थापाले बैठकमा बताए। थापाले भने, ‘हिजो प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने गरी विभाग चलाइयो भन्ने आशंका थियो, आजको मत पनि त्यहि हो। परम्परा, प्रचलन, अभ्यास हेर्दा राष्ट्रिय अनुसन्धान विभाग संचालन गर्न सक्ने क्षमता गृह मन्त्रालयसँग छ, कि प्रधानमन्त्री कार्यालयको पुर्नसंरचना धेरै ठूलो हुनुपर्छ। त्यसैअनुसार आवश्यकता र औचित्य पूरा हुने गरी पुर्ननिमार्ण गर्नुपर्छ। नभए विभागलाई गृहमै फर्काउनुपर्छ।’
राष्ट्रिय सभामा पारित भएर प्रतिनिधि सभामा पुगेको उक्त विधेयक प्रतिनिधिसभाबाट राज्य व्यवस्था समितिमा छलफलका लागि पठाइएको थियो।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सदनमा पेस भएको विशेष सेवा विधेयक २०७६माथिको छलफलका क्रममा विभिन्न दफामा संशोधनको माग उठेको छ।
उक्त विधेयकमा राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने भनिएकाले गृहमै फर्काउनुपर्ने गरी गगन थापा लगायत कांग्रेस सांसदले शंशोधनको माग गरेका छन्।
यस्ता निर्णय लिँदा अदालतको पूर्वस्वीकृति लिनुपर्ने र कही न कतै संसदसँग जोड्नुपर्ने थापाको धारणा थियो। उक्त विधेयकको संशोधनकर्तामा कांग्रेसका थापासहित भीमसेनदास प्रधान, डिला संग्रौला, संजय गौतम रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनले मात्रै निकास दिँदैन, संरचनागत सुधारका लागि चुनावअघि नै राष्ट्रिय सहमति गरौँ: गगन थापा
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ’: गगन थापा
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा