अवरुद्ध मध्यपहाडीको रुकुम पूर्व खण्ड पुनः सञ्चालन

रासस

बुधबार, १८ साउन २०७९, ११ : ५९
अवरुद्ध मध्यपहाडीको रुकुम पूर्व खण्ड पुनः सञ्चालन

रुकुम । रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानबाट सञ्चालनमा आएको छ । मङ्गलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो । 

सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

काठमाडौँ, पोखरा, बागलुङबाट आएका सवारीसाधन काँक्री र खावाङमा थुनिएका थिए भने रुकुम पश्चिमबाट आएका सवारी रुकुमकोटमै थन्किएका थिए । सडक पुनः सञ्चालन भएसँगै सवारीसाधन गन्तव्यतिर लागेका छन् । 

प्रतिक्रिया दिनुहोस