केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, ११ : ३८
केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुग्यो

काठमाडौं । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ ।

बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।बाढीका कारण १२ हजारभन्दा बढी मानिस घरबारविहिन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ । बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस