फ्रेन्च लिग वान क्लब निसले मिडफिल्डर आरोन राम्सेलाई अनुबन्ध

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, ११ : ३२
फ्रेन्च लिग वान क्लब निसले मिडफिल्डर आरोन राम्सेलाई अनुबन्ध

काठमाडौं । फ्रेन्च लिग वान क्लब निसले मिडफिल्डर आरोन राम्सेलाई अनुबन्ध गरेको छ । वेल्सका मिडफिल्डरलाई क्लबले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।३१ वर्षीय मिडफिल्डरले फ्रेन्च क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । उनले सिजनको अन्त्यसँगै इटालियन क्लब युभेन्ट्स छाडेका थिए ।

राम्से २०१९ मा इंग्लिस क्लब आर्सनलबाट युभेन्ट्स आएका थिए । तर, उनले अधिकांश समय लोनमा खेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस