महोत्तरीमा बोलबम यात्रु बोकेको दुईवटा ट्र्याक्टर दुर्घटना, १७ जना घाइते

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १९ : ५९
महोत्तरीमा बोलबम यात्रु बोकेको दुईवटा ट्र्याक्टर दुर्घटना, १७ जना घाइते

जनकपुरधाम । महोत्तरीमा बोलबमका यात्रु बोकेको दुईवटा ट्र्याक्टर छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब सवा १ बजे महोत्तरीको बर्दिबास नगरपालिका–५ ढुंगेस्थित बोलबम यात्रु बोकेको ज १ त ६१३५ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाका १२ जना घाइते भएका छन्।

यस्तै, दिउँसो करिब साढे ३ बजे बर्दिवास ३ पाटुस्थित बोलबम यात्रु बोकेको ना ३ त २०१७ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ७९१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १५ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्र्याक्टर चालकद्वय फरार भएकाले उनीहरूको खोजी भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस