पोखरा । पोखरा–हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
‘ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने ।
मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति