फाेहाेर व्यवस्थापनमा हतार गर्दैनाैँ: मेयर बालेन

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १६ : ०३
फाेहाेर व्यवस्थापनमा हतार गर्दैनाैँ: मेयर बालेन

flle Pic

काठमाडाैँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फाेहाेर व्यवस्थापनमा हतार नगर्ने बताएका छन्। पोखरा महानगरपालिकाले आयाेजना गरेकाे पहिलो महानगर मेयर सम्मेलनलाई सम्बाेधन गर्दै मेयर शाहले यस्ताे बताएका हुन्।

उनले भने, ‘हामीले अहिले फोहोर व्यवस्थापनमा हतार गरेका छैनौँ। फोहोर व्यवस्थापनमा हतार गर्दैनौँ। अहिलेसम्म फोहोर किन व्यवस्थापन नभएको भन्ने कुरा छ, हामी यसलाई दीर्घकालीन योजनासहित मिलाउँछौँ।’

मलका रूपमा फाेहाेरलाई व्यवस्थापन गर्नुपर्ने उनकाे भनाइ छ। शाहले दीगो हुने फोहोर व्यवस्थापन गर्ने योजनामा महानगर रहेको जिकिर गरे। मेयरहरूको सम्मेलनपछि संयुक्त घोषणापत्र जारी गर्दै ६ वटै महानगरका मेयरहरूले महानगरपालिकाका लागि छुट्टै ऐनको आवश्यकता औंल्याउँदै संसदबाट ऐन जारी गर्न माग गरेका छन्।

सम्मेलनले पोखराका मेयर धनराज आचार्यको अध्यक्षतामा महानगर मन्च गठन गरेको छ। आगामी सम्मेलन भरतपुरमा २०८० मा आयोजना गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस