वैदेशिक रोजगार विभागले १४८ म्यानपावर कम्पनीलाई गर्यो कारबाही

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १२ : ५२
वैदेशिक रोजगार विभागले १४८ म्यानपावर कम्पनीलाई गर्यो कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले एकैपटक धेरै म्यानपावर कम्पनीलाई कारवाही गरेको छ । विभागले विज्ञापन प्रकाशनको अनुमति लिएर विज्ञापन प्रकाशन नगरेको भन्दै १४८ वटा म्यानपावर कम्पनीलाई कारवाही स्वरुप ५० हजार रुपैयाँका दरले जरिवाना तोकेको छ ।
उक्त कम्पनीहरुले २०७९ साउन ३ र ४ गते विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिएका थिए । तर तोकिएको मितिमा विज्ञापन प्रकाशन नगरेपछि विभागले कारवाही स्वरुप प्रत्येक कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना तोकेको हो ।

विभागले बैदेशिक रोजगार ऐन, २०६४ को दफा ४९ बमोजिक उक्त रकम जरिवाना गरिएको जनाएको छ । १४८ वटा कम्पनीलाई जरिवाना गर्दा ७४ लाख रुपैयाँ राजश्व संकलन भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस