काठमाडौं। झापा र कञ्चनपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पुरानो मेचीपुल अगाडि बाटोबाट ७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत सिक्किम बस्ने ३० वर्षीय मेगबिर लिम्बू र उनकै भाइ २३ वर्षीय बुद्धबीर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ मसानघाटबाट ९ ग्राम ११ मिलिग्राम खैरो हेरोइनसहित शुक्लाफाँटा नगरपालिका–११ बस्ने २३ वर्षीय राकेश रावललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश ०३–०२४ प ५१८७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ