माओवादीका प्रदेशहरुको बैठकको समयतालिका हेरफेर

'पदाधिकारीको टुंगो लगाउन आइतबार फेरि बैठक बस्ने'

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ११ : ३४
माओवादीका प्रदेशहरुको बैठकको समयतालिका हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ। शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए। 

उनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड जापान जान लागेको बताए।प्रवक्ता महराले बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने बताए । उनले प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने बताए।

पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ। 

प्रतिक्रिया दिनुहोस