काठमाडौँ । नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ। विश्व बाघ दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यो सङ्ख्या सार्वजनिक गरे। सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३ बाट बढेर १ सय २५ पुगेको छ। यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाट बढेर १ सय २५ पुगेको छ।
यस्तै पर्सा निकुञ्जमा १८ बाट बढेर ४१ पुग्दा शुक्लाफाँटा निकुञ्जमा १६ बाट ३६ पुगेको छ। त्यस्तै बाँके निकुञ्जमा २१ बाट बढेर २५ पुगेको छ ।यसअघि सन् २०१८ मा नेपालमा २३५ वटा बाघ रहेका थिए। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनले २०२२ सम्म दोब्बर पार्ने लक्ष्य लिएको थियो।
सो लक्ष्य पुरा गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ। बाघ पाइने पाँच वटै राष्ट्रिय निकुञ्जमा सङ्ख्या बढेको छ। सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ
नेपालमा बाघको संख्या बढ्दै जाँदा बासस्थानको समस्या