काठमाडौँ । बैतडीमा बञ्चरो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्। डिलाशैनी गाउँपालिका-५ शेराका ६८ वर्षीय अन्तराम जोशीको आज बिहान हत्या भएको हो।
जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष यज्ञराज भट्टले जानकारी दिए।
उनले भने, ‘मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन्। टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ।’
बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अंश विवादमा देवरद्वारा भाउजूको हत्या
भोजपुरमा ४ जनाको सामूहिक हत्या
बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
ज्वाइँले गरे ससुराको हत्या
८० वर्षीया वृद्धाको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ