तनहुँ । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८र७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो ।
सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप÷कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए । दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए ।
आर्थिक वर्ष २०७७र७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन् । आव २०७६र७७ मा ४४ तथा आव २०७५र७६ मा ६० जनाको सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते
सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु
बाजुरामा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु