तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन्। ‘गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नु पर्दैन,’ उनले भने, ‘गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ।’
नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो। मानिसहरु सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताए।
नेपाल प्रकृतिको धनी हुँदाहुँदै पनि मानिसहरु विकास खोज्न भौतारिएको चर्चा गर्दै नेता पौडेलले गाउँको विकासका लागि आफू सक्रिय रुपमा लागेको बताए।
देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै नेता पौडेलले विगतमा अवरुद्ध भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई तीव्र गतिमा अघि बढाइने उनले बताए।
नेता पौडेल यही साउन ८ गतेदेखि तालिका नै बनाएर जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न वडामा पुगी कार्यकर्तासँग भेटघाट गरेका छन्।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ११ साउन २०७९, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट