काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।
बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्ड, लतिपुर, भक्तपुर लगायत मुख्य शहरमा पनि बिरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।
विरोध प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई बढ्दो महंगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन आजबाट शुरु गरेको बताए ।
उनले संगठनले आज शान्तिपूर्ण रुपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।
महँगीले नेपालीहरुको भान्सा महँगो भएको भन्दै जनता यस्तो अवस्थामा खान नसक्ने अवस्थामा पुगेकोले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरुद्ध सडकमा आन्दोलन गर्दै आएको छ । राप्रपाले महंगीलाई नियन्त्रण गरेर जनतालाई राहत पुर्याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
राजेन्द्र लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप
नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन्: राप्रपा