काठमाडौं । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ३० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ ५५ करोड ५६ लाख ६८ राजस्व संकलन भएको हो ।
सवारी करबाट ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट एक करोड ३२ लाख चार हजार ९८१ राजस्व संकलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । यो आव २०७७/७८ को भन्दा २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा ३९ करोड २२ लाख राजस्व संकलन भएको थियो ।
मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व संकलन उल्लेखनीय बढेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १२ : ३१
लेखकबाट थप