सेयर बजारमा ५४ अंकको वृद्धि, २ अर्ब ७३ करोडको कारोबार

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १५ : ४६
सेयर बजारमा ५४ अंकको वृद्धि, २ अर्ब ७३ करोडको कारोबार

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ। नेप्से ५४.४५ अंकले वृद्धि हुँदा नेप्से परिसूचक २१३२.९६ अंकमा पुगेको छ।

आज कारोबार रकमसमेत बढेको छ। आइतबार २ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

आज सबै उपसमूहमा हरियाली छाएको छ। बैंकिङ उपसमूह २१, व्यापार ५०, होटल तथा पर्यटन ७५, विकास बैंक २१३, जलविद्युत १०७, फाइनान्स १३८, निर्जीवन बीमा १२५, उत्पादन १७०, माइक्रोफाइनान्स १८५ र जीवन बीमा उपसमूह २१० अंकले बढेको छ।

आज सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ। उक्त कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।यस्तै, नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस