भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १४ : १४
भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु

भक्तपुर । भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुढ ढलेर किचेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो । सडकको विपरित तर्फबाट सल्लाको रुख ढलेर किच्दा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस