चितवन । भरतपुर अस्पतालले आजदेखि ओपिडी सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकट वापतको शुल्क नलिने भएको हो । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार अस्पतालले लिंदै आएको ३० रुपैयाँ शुल्क आजदेखि नलिने निर्णय गरिएको छ । अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यस अघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको बताए । उनले भने , आजदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार हुँदैन ।
पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उनको भनाई छ । अस्पतालमा दैनिक १ हजार ५०० हाराहारी बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित