एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सत्ता स्वार्थका लागि मिलेको लगाए आरोप

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, ११ : ५५
एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सत्ता स्वार्थका लागि मिलेको  लगाए आरोप

काठमाडौँ  । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सत्ता स्वार्थका लागि मिलेको आरोप लगाएका छन् ।कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज बिहान आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको बताए ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलको दाबी छ । विकास निर्माणका कामहरु ठप्प रहेको उल्लेख गर्दै पोखरेलले लकडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको उल्लेख गरे ।

गठबन्धन सरकारले नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस