प्लास्टिक झोला प्रयोगमा कमी ल्याउन बायोब्यागस् बजारमा

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, ११ : ४८
प्लास्टिक झोला प्रयोगमा कमी ल्याउन बायोब्यागस् बजारमा

काठमाडौँ  । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस् बजारमा आउने भएको छ। मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन्। यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात् जैविक झोला हो। बायोब्यागस् प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। ​बायोब्यागस् बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्यागसलाई वातावरणमैत्री बनाउन्छ।

वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो। प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोष्ट मल बनाउन मिल्छ न त बाल्दा खरानी नै हुन्छ।व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रालिले जैविक झोलाको उत्पादन सुरु गरेका छन्। करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश वेजू बताउँछन्। 

मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएका बताए। उद्योगमा एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका र पोखरामा उत्पादन विक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको जानकारी दिए।

अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको उनले बताए। प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्यागस् नेपाल प्रा लि नेपालमा पहिलो उद्योग हो’, सञ्चालक वेजूले दावी गर्दै भने ।

मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बान्दा पनि खरानी बन्छ,खरानी पनि मल नै हो। उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस