सर्लाही। सर्लाहीमा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सीतामढी थाना सोनवर्षा ग्राम परछुहिया वडा- ९ घर बताउने ४० वर्षीय लालमोहन पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शनिबार राति करिब साढे ८ बजेको समयमा हरिवन नगरपालिका ११ हरिवन बजारस्थित कार्की पुस्तक पसलअगाडि पासवानले नेपाली नक्कली नोट चलनमा ल्याउँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ५० हजार नक्कली रुपैयाँसहित पासवानलाई नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
प्रहरीले पासवानको साथबाट १ हजारको ५० वटा नक्कली नोट बरामद गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ