ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेसन एक्जिबिसन’ सम्पन्न

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, ०९ : ३२
ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेसन एक्जिबिसन’ सम्पन्न

चितवन । शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको ‘अष्ट्रेलियन एजुकेसन एक्जिबिसन’ सम्पन्न भएको छ । एक्जिबिसन आज (शुक्रबार) भरतपुरको भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको हो । बिहान १० बजेबाट सुरु भएको एक्जिबिसनमा पाँच सय भन्दा बढी विद्यार्थीहरु सहभागी भएको ग्लोबल रिच चितवनका प्रमुख सुरेश पौडेलले जानकारी दिए ।

एक्जिबिसन दिउँसो ३ बजे सम्म चल्ने भनिए पनि विद्यार्थी सहभागितालाई मध्यनजर गर्दै समय थप गरिएको उनले बताए । एक्जिबिसनमा उच्च शिक्षाका लागि अष्ट्रेलियासँगै क्यानडा, अमेरिककालगायतका देशमा जान चाहाने विद्यार्थीहरुले सोही देशका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसँग परामर्श लिएको उनले बताए ।

‘एक्जिबिसनमा विद्यार्थीहरुको सहभागिता सोचेको भन्दा राम्रो भयो, पौडेलले भने,’अभिभावक सँगै आएर उहाँहरुले आफुले जान चाहेको देश र त्यहाँको कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिनु भयो । विद्यार्थीहरु आफ्नो जिज्ञासा मेट्न पाउँदा खुशी थिए ।’ विद्यार्थीहरुले पीएसडब्लु भिषाको बिषयमा पनि परामर्श लिएका थिए । अभिभावक स्वयं उपस्थित हुँदा विद्यार्थी र युनिभर्सिटीका प्रतिनिधिहरुलाई थप सहज भएको उनले बताए ।

एक्जिबिसनमा बिभिन्न ११ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले नयाँ शिक्षा नीति, बिषय छनौट, छात्रवृत्ति, रोजगारी, आवश्यक कागजी प्रक्रिया, शुल्कलगायतका बिषयमा परामर्श दिएका थिए । एक्जिबिसन प्रभावकारी भएको भन्दै उनले यसले अष्ट्रेलियालगायतका देशमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई त्यहाँको बिषयमा बुझ्ने अवसर प्रदान गरेको बताए ।

सोही मेलामा दुई वटा बैंकहरुले पनि बैंकिक प्रकृया बारे परामर्श दिएका थिए । ग्लोबल आइएमई र नेपाल एसविआई बैंकको स्टलबाट विद्यार्थीहरुले बैंकिक प्रकृया बारे परामर्श लिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस