वैवाहिक अंगीकृतमा राजनीतिमा सहमति जुटेको छैन : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १९ : ५९
वैवाहिक अंगीकृतमा राजनीतिमा सहमति जुटेको छैन : गृहमन्त्री खाँण

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक सहमति नजुटेका कारण नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतका विषयमा नयाँ व्यवस्था गर्न नसकेको प्रष्टीकरण दिएका छन्।

फास्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्ने तयारी भइरहँदा शुक्रबार साँझ सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले अहिले विधेयक पास गर्नुको मुख्य उद्देश्य जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिनु नै भएको बताए।

उनले राज्य व्यवस्था समितिको प्रतिवेदनमा सबै दलको सहमति नजुटेका कारण ७ वर्षे प्रावधान अहिलेको विधेयकमा आउन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस